सूचनाको शक्ति - The Power Of Information

        

कार र मोटरसाइकल ठोक्किँदा दाङमा एक जनाकाे ज्यान गयाे

दाङ । दाङमा कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाकाे ज्यान गएकाे छ ।

राप्ती गाउँपालिका वडा नम्बर–१ भालुबाङका नरेन्द्र जिसीकाे ज्यान गएको प्रहरीले जनाएकाे छ ।

लमही नगरपालिका वडा नम्बर–३ मा गएराती बा १० च २५८१ नम्बरको कार र रा ६ प ६८४९ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक जिसीको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ०८:४६