सूचनाको शक्ति - The Power Of Information

        

एक रुपैयाँका नयाँ सिक्का आजदेखि चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि एक रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउँदै छ ।

एक रुपैयाँको सिक्काको अग्र भागमा सिक्काको वृत्ताकार घेराभित्र चौसठ्ठी वटा थोप्ला हुनेछन् ।

यस्तै, चौसठ्ठी वटा थोप्लाको वृत्ताकार घेराभित्र हिमाल, पहाड र तराईको पृष्ठभूमिमा सात प्रदेशसहितको नेपालको नक्सा रहेको छ ।

सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि वान र तल्लो भागमा देवनागरी लिपिमा एक रुपैयाँ लेखिएको छ ।

नेपालको नक्साको दायाँतर्फ दृष्टिविहीनले स्पर्श गरेर पहिचान गर्न सक्ने एउटा मोटो थोप्लो रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी सिक्काको पृष्ठ भागमा आठ थोप्लासहितको वृत्ताकार घेराभित्रको वर्गाकार आकृतिलाई वरिपरि चन्द्र, सूर्य, चक्र, संख, पद्म, गदा तथा बीचमा सगरमाथाको आकृति र आकृतिको मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ०८:३०