सूचनाको शक्ति - The Power Of Information

        

गर्मी बढ्दो, तत्काल पानी पर्ने सम्भावना कम

काठमाडौं । दिनप्रतिदिन गर्मी बढ्दो छ । दुई, तीन दिन यता काठमाण्डौसहित देशभरको अधिकतम तापक्रम बढेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ भने धरानको ३४ डिग्री सेल्सियस पुगेको छ ।

यस्तै, विराटनगरको अधिकतम तापक्रम पनि ३२ डिग्री सेल्सियस नाघेको छ भने जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज, धनगढी लगायतका क्षेत्रको तापक्रम  पनि ३२ डिग्री सेल्सियस आसपासमा पुगेको छ ।

तत्काललाई पानी पर्ने मौसमी प्रणाली नरहेकाले देशका धेरै ठाउँको मौसम आज सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ०८:२५