सूचनाको शक्ति - The Power Of Information

        

लमजुङको सुन्दरबजार क्षेत्रमा आज बिहानबाट अनिश्चितकालका लागि कर्फ्यू

काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका क्षेत्रमा कर्फ्यू लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले आज बिहान ६ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू लगाइएको हो ।

सुन्दरबजार नगरपालिका–९ मा रहेको फ्युचर स्टार आवासीय विद्यालयमा कक्षा १० मा पढ्ने १८ वर्षीय छात्र सनिज श्रेष्ठको मंगलबार मृत्यु भएपछि तनाव बढ्नसक्ने भन्दै कर्फ्यू लगाइएको हो ।

मर्स्याङदी नदीमा पौडी खेल्ने क्रममाः श्रेष्ठको मृत्यु भएको थियो । विद्यार्थीको मृत्युको विषयलाई लिएर उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी कर्फ्यू लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बिदाको दिन विद्यालयको होस्टेलका कर्मचारीले गर्मी छल्न भन्दै विद्यार्थीलाई पौडी खेल्न लगेको आरोप अभिभावकहरुको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ०८:१८