सूचनाको शक्ति - The Power Of Information

        

नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं ।  नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपालले थाइल्याण्डसँग उसैको मैदान चोनबरीमा मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

नेपालले थाइल्याण्डसँग मार्च २४ मा खेल्नेछ । यस्तै नेपालले थाइल्याण्डको क्लब चोनबरी एफसीसँग पनि मार्च २७ मा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार ०८:११