बाँके । ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस, विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
बाँकेका सवै पालिकाहरुले र्याली, प्रभातफेरी, अन्तरक्रियालगायतका कार्यक्रमको आयोजना गरी दिवस मनाएका छन् । नारी मुक्ति आन्दोलनकी अभियन्ता जर्मनीकी क्लारा जेट्कनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने गरिएको छ ।
नारी दिवसमा शहर बजारमा ठूला गोष्ठि र सेमिनार गर्नु भन्दापनि गाउँगाउँमा गएर महिलाहरुलाई निःशुल्करुपमा जनचेतना जगाउन सकियो भने उपलब्धीमुलक हुने महिला उद्यमी संघका केन्द्रीय सदस्य सरस्वती शर्माले बताइन् ।
।