सूचनाको शक्ति - The Power Of Information

        

जापानले लगायो रुसमाथि तेस्रो चरणको नाकाबन्दी

काठमाडौं । युक्रेनको नाजुक परिस्थितिलाई ध्यानमा राखेर जापानले रुस र बेलारुसविरुद्ध तेस्रो चरणको नाकाबन्दी घोषणा गरेको छ । मंगलबार जापनको अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुस र बेलारसमाथि तेस्रो चरणको नाकाबन्दी घोषणा गरेको जानकारी गराएको हो ।

जापानले लगाएको तेस्रो चरणको नाकाबन्दीसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुुटिनका संयुक्त सेनाका उपप्रमुख, संसद्का उपप्रमुख, चेचेन गणतन्त्रका प्रमुख तथा रुस सरकावरनिकट सम्बन्ध रहेका भोल्गा ग्रुप, ट्रान्सनेफ्ट र वाग्नर कम्पनीका कार्यकारिणी अधिकृत लगायत बीस रुसीमाथि व्यक्तिगत नाकाबन्दी लगाइएको छ ।

त्यसैगरी, थप दुई रुसी र बाह्र बेलारुसी संघ संस्था र दुई बेलारुसी नागरिकमाथि पनि नाकाबन्दी लगाइएको छ । जापानी विदेश मन्त्रालयका अनुसार जापानले रुसतर्फ निर्यात हुने तेल प्रशोधन कार्यमा प्रयोग हुने उपकरण तथा सेनाको प्रयोजनका लागि बेलारुसतर्फ जाने सम्पूर्ण सामान्य सामग्रीमाथि पनि प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार १७:०१