काठमाडौं । एक १७ वर्षीया गायिकामाथि बलात्कार गरेको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहलाई बयानका लागि मंगलबार तनहुँबाट गैँडाकोट लगिएको छ ।
प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीका अनुसार गैँडाकोटमा पनि पलविरुद्ध उजुरी परेकाले अनुसन्धानका लागि त्यहाँ लगिएको हो । उनलाई एक/दुई दिन गैँडाकोटमा राखिनेछ ।
पलको मुद्दा प्रक्रिया भने तनहुँबाट अगाडि बढिरहेको छ । बयानपछि मिसिलसँगै उनलाई फेरि तनहुँमै पठाइनेछ । पलविरुद्ध पहिलोपटक सात र दोस्रोपटक १२ दिनको म्याद थप भएको छ ।
नाबालिग गायिकाले एउटा गीतको छायांकनका क्रममा गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा पलले आफूमाथि बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा उजुरी दिएकी थिइन् । त्यसअघि उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् ।
।