सूचनाको शक्ति - The Power Of Information

        

दुखद खबर :

बाँकेमा मोटरसाइकलको ठक्करबाट प्रहरी हबल्दारको मुत्यु

ड्युटीमा खटिएका जवान नरेश चौधरी घाइते

बाँके । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका स्थित राँझा चोकमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ ।

चेकिङ ड्युटीमा खटिएका प्रहरी हवल्दार भुपेन्द्र बहादुर शाहीको मृत्यु भएको बाँकेका एसपी श्यामकृष्ण अधिकारीले  बताए ।

तिब्र गतिमा नेपालगञ्जबाट कोहलपुर तर्फ जाँदै गरेको भे.१० प ४७५७ नम्बरको मोटरसाइकलले प्रहरी हवल्दारलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका जवान नरेश चौधरी घाइते भएका छन् उनको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको छ । उनीहरु ईलाका प्रहरी कार्यालय मातहतको राँझा बिटमा कार्यरत थिए ।

ठक्कर दिने मोटरसाइकलका चालक बर्दियाको राजापुर घर भएका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । ठकुरीले मापसे गरेर मोटरसाइकल चलाएका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलवार ०७:१०