सूचनाको शक्ति - The Power Of Information

        

पेस्तोल र लागुऔषधसहित बाँकेमा ३ कारोबारी पक्राउ

बाँके । बाँकेको खजुराबाट पेस्तोलसहित तीन जना लागुऔषध कारोबारी पक्राउ परेका छन् ।

बाँकेको खजुरा गाउँपालिका वडा नं. १ बहादुरपुर बस्ने गल्क्षी भन्ने रबिन्द्र थापाको घरबाट प्रहरीले लागुऔषधसहित पेस्तोल बरामद गरेको जनाएको छ ।

थापाको घरमा लागुऔषध ब्राउनसुगर कारोबार भईरहेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो ।

छापा मार्ने क्रममा थापाको साथबाट बाट ९० ग्राम ब्राउन सुगर र कालो कलरको म्याग्जिन नभएको अटोमेटिक पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिएका छन् ।

थापासँगै लागुऔषध कारोबारमा संलग्न बाँकेको खजुरा गाउँपालिका वडा नं. २ बस्ने २७ वर्षीय मनिस थापा र नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. १३ भृकुतिनगर बस्ने २८ वर्षीय सुरेश रोका मगरलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनामाथि आवश्यक कारबाही प्रक्रिया अगाडी बढाईएको न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १८:५४