सूचनाको शक्ति - The Power Of Information

        

बेनी-जोमसोम सडक खण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

म्याग्दी । कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडक खण्ड आज (साेमबार) देखि दैनिक पाँच घण्टा बन्द हुनेभएको छ ।

करिडोर अन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभीर लगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएकाले २२ दिनसम्म सडक दैनिक पाँच घण्टा बन्द गर्न लागिएको हो ।

बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म आवत-जावत बन्द हुने मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिनुभयो ।

कालीगण्डकी करिडोरको बेनी-जोमसोम सडक खण्ड मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार १०:२४