सूचनाको शक्ति - The Power Of Information

        

लुक्ला विमानस्थल नजिकैकाे वनमा भीषण आगलागी

सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्ला नजिकैको वनमा भीषण आगलागी भइरहेको छ ।

लुक्ला नजिकैको नक्चुङ भन्ने ठाउँको वनमा लागेको आगोको धुवाँका कारण आज बिहान करिब १ घण्टा विमानस्थल नै बन्द भएकाे नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

प्राधिकरण प्रमुख द्वारिका अछामीका अनुसार विमानस्थल नजिकैको जङ्गलमा लागेको आगोको धुवाँले धावन मार्ग नै ढाकेपछि विमानस्थल नै बन्द गरिएको हो।

अहिले हावाका कारण धुवाँ अन्यत्र बहिरहेकाले उडान भइरहेको उहाँले बताउनु भयाे । खुम्बु पासाङ ल्हामु गाउँपालिका-२ को नाक्चुङमा रहेकाे जङ्गलबाट गएरातिदेखि सुरु भएको आगो फैलिँदै गएकाे तारा एयर लुक्लाका स्टेसन इञ्चार्ज अमृत मगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार ०९:४६