सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषध र पेस्तोलसहित खजुराबाट तीन जना पक्राउ

बाँके । अटोमेटिक पेस्तोल र लागुऔषधसहित खजुरा गाउँपालिकाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका–१, बहादुरपुरका गल्क्षी भन्ने रबिन्द्र थापासहित तीन जनालाई पक्राउ परेका हुन् । उनीहरु अटोमेटिक पेस्तोल र लागुऔषध ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेका अनुसार आफ्नै घरमा लागुऔषध ब्राउनसुगर कारोबार गरिरहेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले थापालाई पक्राउ गरेको हो ।

पेस्तोलसहित उनीहरुका साथबाट ९० ग्राम लागुऔषध ब्राउनसुगर पनि फेला परेको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् । प्रवक्ता न्यौपानेका अनुसार पक्राउ परेका थापाको सुत्ने कोठामा चेकजाँच गर्दा कालो कलरको म्याग्जिन नभएको अटोमेटिक पेस्तोल पनि फेला परेको थियो ।

थापासँगै प्रहरीले कारोबारमा संलग्न खजुरा गाउँपालिका–२ का २७ बर्षिय मनिस थापा र नेपालगन्ज उपमहानगरपालिका–१३ भृकुटीनगरका २८ बर्षिय सुरेश रोका मगरलाई पनि पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी प्रवक्ता न्यौपानेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार ०८:३४