सूचनाको शक्ति - The Power Of Information

        

समाचार

पल शाहलाई फेरि १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

तनहुँ । बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई फेरि १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।

आइतबार जिल्ला अदालत तनहुँले शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।म्याद थपका लागि प्रहरीले आज उनलाई जिल्ला अदालतमा पेश गरेको थियो ।

यस अघि दिइएको ७ दिनको म्याद आज सकिएपछि म्याद थपका लागि प्रहरीले अदालतमा उपस्थित गराएको हो ।नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाँउदै तनहुँ प्रहरीमा जाहेरी दिएकी थिइन् ।

बालिकाले उजुरी दिएपछि शाहको खोजी भएको थियो । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यलय तनहुँमा आत्मसर्मपण गरेका थिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतवार १८:०३