सूचनाको शक्ति - The Power Of Information

        

हुम्लाको लिमी सञ्चार सम्पर्क बिहीन

काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिका–६ लिमी चार दिनयता सञ्चार सम्पर्क बिहीन भएको छ ।

लिमीमा सम्पर्क गर्ने माध्यम नेपाल टेलिकमको फोन र वर्ल्डलिंकको इन्टरनेट सेवा अबरुद्ध भएपछि सम्पर्क बिहीन भएको हो ।

लिमीका तीन मध्ये दुई गाउँमा नेपाल टेलिकमको भिस्याट टेलिफोन सेवा थियो । कार्यालयको काम धेरै पटक फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुनै छोडेको नाम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले जानकारी दिनुभएको छ ।

लिमी प्रवेश गर्ने नारा र न्यालु लेकमा बाक्लो हिउँ जमेका कारण पैदल मार्गबाट लिमी जान सम्भव नरहेको उहाँले बताउनुभयो । गत मंसिर यता लिमीबाट आउजाउ बन्द छ ।

हिमाली उपत्यका लिमी सञ्चार सम्पर्कबाट बिहीन भएपछि अब त्यहाँका स्थानीय बासिन्दाहरु बाहिरी सम्पर्कबाट अलग रहेका छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतवार ०९:५६