सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा नेता शेरचनको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता गणेश शेरचनको ७८ वर्षका उमेरमा आइतबार बिहान निधन भएको छ ।

लामो समयदेखि मधुमेहबाट पीडित उहाँको ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभएको छ ।

शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुनुहुन्थ्यो ।

राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत हुनु भएको थियो ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एक शोक वक्तव्य जारी गरी शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताउनुभएको छ ।

उहाँका एक श्रीमती, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतवार ०९:३८