सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम आज सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

आज (आइतबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, दिउँसो भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश-१ मा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राती भने देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतवार ०९:३०