सूचनाको शक्ति - The Power Of Information

        

समाचार

आन्तरिक हवाई भाडा बढ्यो (सूचीसहित)

काठमाडौं । आन्तरिक हवाई उडानको भाडा बढेको छ । फागुन २२ गते अर्थात् आइतबारदेखि लागू हुने गरि आन्तरिक तर्फको हवाई भाडा वृद्धि भएको हो ।

आइतबारदेखि लागू हुने गरि नेपाल वायुसेवा सञ्चालक संघले बढाएको भाडादर सबैभन्दा बढी विराटनगर–नेपालगन्ज रुटमा ५४० रुपैयाँले बढेको छ ।

सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले बढेको छ भने काठमाडौं–नेपालगन्जको भाडा ३३० रुपैयाँले बढेको नेपाल वायुसेवा सञ्चालक संघले जनाएको छ ।

यस्तै, अन्य उडान गन्तव्यहरुमा काठमाडौं–धनगढीको ४४५ रुपैयाँ र काठमाडौं–भद्रपुर ३०० रुपैयाँ, काठमाडौं–सुर्खेत ३४५ रुपैयाँले बढेको छ ।

नेपाल आयल निगमले गत बिहीबार पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका हुन् ।

कहाँ कति पुग्यो भाडा ? तालिका हेर्नुहोस् :

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार १६:३६