सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

नेपाली कांग्रेस बाँकेको सभापतिमा गौंडेल निर्वाचित

बादशाह कुर्मी ९७ मतले पराजित

बाँके । नेपाली कांग्रेस बाँके जिल्ला समितिको सभापतिमा नारायणप्रसाद गौंडेल निर्वाचित भएका छन्।

नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा प्रतिद्वन्द्वी बादशाह कुर्मीलाई ९७ मतले पराजित गर्दै गौंडेल जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।

दोस्रो चरणमा भएको मतदानमा गौंडेलले ७ सय ६० र कुर्मीले ६ सय ६३ मत प्राप्त गरेको जिल्ला निर्वाचन समितिको कार्यालयले जानकारी दिएको छ।

बिहीबार भएको पहिलो चरणको निर्वाचनमा सभापतिका प्रतिस्पर्धी ३ जनामध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि सभापतिका लागि आज (शुक्रबार) पुनः मतदान भएको थियो।

नेपाली कांग्रेसको १४औं जिल्ला अधिवेशनमा १ हजार ४९३ मतदाता थिए। तीमध्ये शुक्रबार भएको दोस्रो चरणको मतदानमा १ हजार ३३९ मत खसेको थियो।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १९:१४