सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा दुई जना मात्रै सक्रिय कोरोना संक्रमित

बाँके । बाँकेमा कोरोनाका सक्रिय संक्रमित दुई जनामा झरेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, जिल्लामा अब कोरोना सक्रिय संक्रमित दुई जना पुरुषमात्रै रहेका छन् ।

कोरोना संक्रमण दर घटिसकेको छ भने संक्रमित शून्यतिर झर्दै गइरहेको छ । शुक्रबार जिल्लामा सय जनाको परीक्षण हुँदा ५ जनालाई कोरोना देखिएको थियो । कोरोना देखिएका ५ जनामध्ये बाँकेका एक जना रहेका छन् ।

भेरी अस्पतालमा ३४ जनाको परीक्षण गर्दा ३ जना र कोहलपुर मेडिकल कलेजमा ४५ जनाको परीक्षण गर्दा २ जनालाई कोरोना पुष्टि भएको हो । बागेश्वरी ल्याबमा २१ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन । बाँकेको अस्पतालमा दुई जना संक्रमित रहेका छन् ।

शुक्रबार ८ जना डिस्चार्ज भएका छन् । कोरोनाको दुई चरणमा हटस्पट बनेको बाँकेमा तेस्रो लहरमा पनि प्रभाव बढी नै परेको थियो । सीमावर्ती जिल्ला भएकाले भारतबाट आएका व्यक्तिमा धमाधम कोरोना देखिदा बाँकेमा प्रभावित भएको थियो । भारतमा कोरोना घटेसँगै नेपालमा संक्रमण घट्दै गएको हो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १३:२८