सूचनाको शक्ति - The Power Of Information

        

५० जना रुसी धनाढ्यहरु विरुद्ध अमेरिकाद्वारा थप प्रतिबन्धको घोषणा

काठमाडौं । अमेरीकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव पेसकोवसहित ५० जना रुसी धनाढ्यहरु विरुद्ध नयाँ प्रतिवन्ध घोषणा गरेको छ ।

आमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति पुटिनसँग नजिक रहेका धनाढ्यहरु माथि थप प्रतिबन्धकाे घोषणा गर्नुभएको हो ।

रुसका सबै भन्दा धनी व्यापारीहरु मध्येका एक अलिशेर बुरहानोबीच उस्मानोव तथा उहाँको परिवारका सदस्यसहित अन्य धनाढ्यहरुको अमेरिकी भिसामा प्रतिबन्ध लगाईएको छ ।

यसैगरि रुसी विमान कम्पनी इर्किस र एभिएस्टार लगायतका विमान कम्पनीहरुमाथि पनि प्रतिवन्ध लगाइएको छ ।

ह्वाइट हाउसले रुसी व्यापारी र उनीहरुका परिवारका दर्जनौं सदस्यहरुलाई अमेरिकी वित्तिय प्रणालीबाट समेत हटाइएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार ११:१०