सूचनाको शक्ति - The Power Of Information

        

करेन्ट लागेर वडा सदस्यको ज्यान गयाे

तनहुँ । तनहुँमा करेन्ट लागेर वडा सदस्य ६८ वर्षीय ओमबहादुर नेपालीको ज्यान गएकाे छ ।

नेपाली कांग्रेस व्यास नगरपालिका–१ का वडा सदस्य नेपालीको खोलाबाट पानी तान्ने क्रममा आज शुक्रवार बिहान करेन्ट लागेर ज्यान गएकाे हो ।

छाब्दी खोलाबाट मोटर पम्प जोडेर पानी तान्ने सिलसिलामा करेन्ट लाग्दा नेपालीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिनुभयो ।

तरकारी बारीमा सिँचाइ गर्नका लागि छाब्दी खोलाबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा नेपालीको ज्यान गएकाे उहाँले बताउनुभयो ।

नेपाली एक स्पष्टवक्ता, प्रजातन्त्रवादी, दलित मुक्तिका लागि सदा सङ्घर्षरत व्यक्तिको निधनले स्तब्ध बनाएको छिमेकी एवम् आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार ०९:२९