मुगु । कर्णाली प्रदेशकै गहनाको रूपमा रहेको सुन्दर ताल हो रारा । यो नेपालको सबैभन्दा ठूलो ताल हो । जैविक विविधताको हिसाबलेसमेत ताल महत्वपूर्ण मानिन्छ । नेपाल सरकारले घोषणा गरेका मुख्य १०० वटा पर्यटकीय स्थलमा रारा समेटिएको छ ।
कर्णाली प्रदेशले घोषणा गरेका मुख्य १० पर्यटकीय स्थलमा रारा परेको छ । रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित छ । ताल कोणधारी वनजङ्गलले घेरिएको छ । उच्च हिमाली भूभागमा रहेको ताल क्षेत्रमा पुग्ने सबैले यसको प्रशंसा गर्ने गरेका छन् । रारा तालको कञ्चन पानी नै सबैको आकर्षण बन्ने गर्छ ।
















तस्वीर सौजन्य : निहितप्रकाश कँडेल/प्रतीक्षा बानियाँ
।