सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनबाट बाहिरिए ५०० नेपाली

काठमाडौं । जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले २७७ जना नेपाली आफ्नो सम्पर्कमा आएको जनाएको छ ।

युक्रेनसमेत हेर्ने जिम्मा पाएको नेपाली दूतावासकी द्वितीय सचिव सहारा चौलागाईंले दिएको जानकारीअनुसार २७७ नेपाली दूतावासको सम्पर्कमा पुगेका हुन् ।

उनका अनुसार ५०० भन्दा बढी नेपाली युक्रेनबाट युरोपेली मुलुक प्रवेश गरिसकेका छन् । दूतावासका अनुसार ४०० नेपाली पोल्यान्ड प्रवेश गरेका छन् भने ४ जना हंगेरी र २३ जना रोमानिया पुगेका छन् ।

यसैबीच दूतावासले युक्रेनको अवस्था निकै जटिल अवस्थामा पुगेकाले यत्यहाँका नेपालीलाई घरभित्रै बस्न सचेत गराएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार ०६:४९