सूचनाको शक्ति - The Power Of Information

        

समाचार

पेट्रोलियम पदार्थको मूल्य उच्च, पेट्रोल प्रतिलिटर १५० रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि मूल्य बढाएको दुई हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५० रुपैयाँ तय गरेको छ । डिजेल र मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३३ रुपैयाँ तोकिएको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि मूल्य नबढाइएको निगमले जनाएको छ । साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।

यसअघि निगमले फागुन ७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । निगमले स्थायी कर्मचारीलाई दिँदै आएको पोसाक संरक्षण भत्ता पनि स्थगित गरेको छ । निगमले मार्चमा इन्डियन आयल कर्पाेरेसनलाई भुक्तानी गर्न अपुग हुने साढे चार अर्ब मूल्य स्थिरीकरण कोषबाट उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।

हेर्नुहोस् विज्ञप्ती :

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार ०६:४१