सूचनाको शक्ति - The Power Of Information

        

रुस–युक्रेन युद्ध

युक्रेनमाथि युद्ध अपराध गरेको रुसलाई खतरानाक संकट

फाइल तस्वीर

काठमाडौं । रूस तथा युक्रेन युद्ध आउने क्षणहरू अझै भयानक हुँदै जाने बीबीसीका एक पत्रकारले लेखेका छन् । युद्धको स्थिति रूसले अपेक्षा गरेभन्दा पनि निकै अप्ठ्यारो हुँदै गएको र यसले रूसी जनता तथा सेनालाई नै असर गर्दै जाने जनाइएका छन् ।

बीबीसी संवाददाता फगल किनले एक लेख लेख्दै यस द्वन्द्वको सबैभन्दा खतरनाक क्षणहरू अगाडि आउन बाँकी रहेको जनाएका छन् । रूसी राष्ट्रपति पुटिनले अपेक्षा गरेभन्दा धेरै ठूलो प्रतिरोधको सामना गर्नुपरेको भन्दै यसले आगामी दिनमा रूस झनझन् समस्यामा पर्ने जनाएका छन् ।

युक्रेन आक्रमण पश्चात रूसी सेनाले अपेक्षा गरेभन्दा धेरै क्षति तथा अप्ठ्यारो स्थिति देखिएको पनि किनले जनाएका छन् । रूसले जसरी पहिला आँकलन गरेको थियो स्थिति हाल निकै अपठ्यारोमा पुगेको र अन्य राष्ट्रहरूले पनि युक्रेनलाई हतियार पठाउन थालेकाले स्थितिमा झनझन् अप्ठ्यारोतिर धकेलिएको छ ।

पश्चिमी राष्ट्रहरूले प्रतिबन्धमा एकमत देखाएका छन् । रूसले अब पुनः यी राष्ट्रहरूलाई प्रभावमा पार्न निकै समय लाग्नेछ । हुन त यो लडाई पुटिनको अस्तित्वको लडाईसमेत हो । जसबाट हेर्दा उनको सत्ताको दिनगन्ती समेत सुरु हुनेछ । त्यसैले पनि पुटिन यो लडाई जसरी पनि जित्नुपर्ने देखिन्छ ।

लडाईं हारेमा अपदस्थ हुने वा अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणको सामना गर्ने सम्भावना उनको दिमागमा हुनेछ । पुटिनको लक्ष्य कीभमा सरकार हटाउन र कठपुतली शासन स्थापना गर्नु हो । जसले आगामी दिनमा युक्रेनीहरूबाट हुने प्रतिरोधी भावनाको विकासमा नियन्त्रण राखोस् ।

यसरी बनेको सरकारलाई पुटिन आफ्नो इसाराले चलाउन सक्नेछन् । युक्रेनी जनताहरूले पनि सूचनाको यस लडाईंमा सोचेभन्दा धेरै सक्रियता देखाएका छन् । युक्रेनीहरू राष्ट्रपतिको आग्रह तथा देशमा आएको विपत्ती देखेर सैनिक भएका छन् । उनीहरूको मुख्य डर भनेको आफ्नो देशलाई आक्रमणकारीबाट बचाउनु रहेको छ ।

सैनिक भएका र हतियार पाएका युक्रेनीहरू कसरी हुन्छ रसियनहरूलाई युद्धबाट धपाउन चाहान्छन् । रूसी सेनाहरूले चारैतिरबाट आक्रमण तथा गोलाबारीले गर्दा नागरिकहरूमा भने डर तथा त्रास भरिएको देखिन्छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १८:२७