सूचनाको शक्ति - The Power Of Information

        

बाँके कांग्रेसको मतदान सम्पन्न, ७ बजेदेखि गणना हुने

बाँके । नेपाली कांग्रेस बाँकेको अधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ । नयाँ नेतृत्व चुन्नका लागि भएको मतदानमा १ हजार ४ सय ४५ जनाले मतदान गरेका छन् ।

नयाँ नेतृत्व चुन्न बिहीवार विहान सवा ९ बजेदेखि जिल्ला समन्वय समितिमा भएको मतदानमा सकिएको छ । कुल १४ सय ९३ मत संख्या मध्ये ४८ जना मतदाता उपस्तिथ नभएको निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ ।

सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न अपराह्न ४ बजेसम्म मतदान भएको थियो ।

कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने हुन्छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मगगणना साझँ ७ बजे शुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १७:२७