सूचनाको शक्ति - The Power Of Information

        

एमसीसीबारे धारणा सार्वजनिक गर्दै राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार एमसीसीबारे धारणा सार्वजनिक गर्ने भएको छ । एमसीसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि एमसीसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए ।

बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धी, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन पेस गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमाथि बुधबारदेखि नै छलफल सुरु भएको छ । धुम्बाराहीमा जारी राप्रपा केन्द्रीय समितिको बैठक आज सकिँदैछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहीबार १०:०१