काठमाडौं । आज मार्च ३ अर्थात् विश्व श्रवण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो वर्षका लागि ‘जीवनभरि सुन्नको लागि सुनाइको हेरचाह गरौँ’ भन्ने नारा तय गरेको छ । श्रवण शक्ति कम हुने समस्या धेरैमा देखिने साझा स्वास्थ्य समस्या हो ।
यो दिवसका अवसरमा चर्को ध्वनिबाट हुने श्रवण क्षतिलाई रोक्ने प्रण गर्न मन्त्रालयले आग्रह गरेको छ । यस्तै, श्रवण शक्तिको कमीका कारण आउने स्वास्थ्य समस्याका बारे खुलेर छलफल गर्ने वातावरण सिर्जना गर्न मन्त्रालयले जोड दिएको छ । मन्त्रालयले कम श्रवण शक्तिका लक्षणहरूबारे जानकारी पनि गराएको छ ।
कम श्रवण शक्तिका लक्षणहरू
१. अरूको कुरा नबुझेर बारम्बार कुरा दोहोर्याउन अनुरोध गर्नु
२. टेलिफोनमा कुरा गर्न गाह्रो हुनु
३. चराचुरुंगीको आवाज नसुन्नु
४. कान कराउनु
५. बोलेको सुन्नु तर नबुझनु
६. अरूसँग कुरा गर्दा ठूलो स्वरले कुरा गर्नु
७. धेरै हल्ला भएको ठाउँमा कुरा गर्न गाह्रो हुनु
८. रेडियो सुन्दा, टेलिभिजन हेर्दा चर्को आवाज बनाउनु


।