सूचनाको शक्ति - The Power Of Information

        

६ हजार ८ सय ७४ जनाकाे नमुना परीक्षण गर्दा १ सय २७ जनामा काेराेना सङ्क्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा एक सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर, एन्टिजेन र आरडीटी गरी ६ हजार आठ सय ७४ जनाको नमुना परीक्षण गर्दा एक सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप तीन सय २१ जना निको भएसँगै काेराेना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५७ हजार चार सय ८८ जना पुगेको छ । अहिले नेपालमा सात हजार सात सय ७० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यही अवधिमा तीन जना सङ्क्रमितकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ४१ जना पुगेको छ ।

यसैबीच २४ घण्टामा ३५ हजार सात सय जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड ७५ लाख ६७ हजार जना पुगेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार १८:५३