सूचनाको शक्ति - The Power Of Information

        

एसी मिलान र इन्टर मिलानले खेले बराबरी

काठमाडौं । कोपा इटालिया फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा एसी मिलान र इन्टर मिलानको खेल बराबरीमा टुंगिएको छ ।

मिलानोमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा मिलान डर्बी गोलरहित बराबरीमा रोकिएका हुन् ।

दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग हुन नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो ।

अब दुई टोलीबीचको दोस्रो लेग अप्रिल २० मा हुनेछ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार ०९:५८