सूचनाको शक्ति - The Power Of Information

        

रुसी फौजले युक्रेनको राजधानी किभस्थित टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला

काठमाडौं । युक्रेनको राजधानीमा आक्रमण केन्द्रीत गरेको रुसी फौजले किभस्थित टेलिभिजन टावरमा क्षेप्यास्त्र हमला गरेको छ ।

आक्रमणपछि टेलिभिजन च्यानलहरु बन्द भएका छन् । यस्तै, रुसी सेनाले होलोकास्ट स्मारकमा पनि बमबारी गर्दा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

किभमै एउटा सर्वसाधारण घरमा पनि रुसी सेनाले हानेको बम खसेको र घर धनीको मारिएको जनाइएको छ ।

राजधानी किभ कब्जामा लिने कोसिश गरिरहेको रुसी सेनाले युक्रेनी सेना र नागरिक लडाकुबाट कडा प्रतिरोधको सामना पनि गरिरहेको छ ।

रुसले सरकारी कार्यालयहरु नजिक घर भएका सर्वसाधारणलाई घर छाडेर जान भनेको छ भने लगातार खतराको संकेत स्वरुप साइरन पनि बजाउने गरेको छ ।

उता, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको मूख्य निशानामा आफू र राजधानी भएको भन्दै राजधानी किभलाई कुनै पनि हालतमा रुसको कब्जामा जान नदिने बताउनुभएको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार ०७:४२