सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभाको बैठक

प्रतिनिधिसभा बैठक आज बस्दै : यस्तो छ सम्भावित कार्यसूची

एमसीसी पारितपछि पहिलो बैठक

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसाे बस्दैछ ।

गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसाे १ बजे बैठक बस्न लागेकाे हाे ।

संघीय संसद्का महासचिव भरतराज गौतमले बैठककाे सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् ।

आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ

। यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १८ फाल्गुन २०७८, बुधबार ०७:२३