सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा भेटिएको प्रेसरकुकर बम सेनाद्वारा निष्कृय

बाँके । नेपालगञ्ज–गुलरिया रोड अन्तरगत बाँकेको खजुरा बजारको मनकमना चोक (हालै पृथ्विचोक नामाकरण गरिएको) स्थानमा अज्ञात समूहले नोएमसिसि लेखेर राखेको प्रेसर कुकर बम नेपाली सेनाले निष्कृय पारेको
छ ।

चोकमा रहेको राष्ट्रिय झण्डा मुनी ईटले छोपेर राखिएको प्रेसर कुकरमा रातो अक्षरले ‘नोएमसीसी’ लेखिएको अबस्तामा बम राखिएको स्थानीयले देखेपछि बिहान ७ बजे जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक मधुस्धन न्यौपाने जानकारी दिए ।

चोकमा रहेको राष्ट्रिय झण्डा मुनी सो बम राखिएपछि नेपालगञ्ज–गुलरिया सडकखण्ड बिहान सवा ११ बजेसम्म अबरुद्ध भएको थियो ।

नेपाली सेनाको नंम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण इमाम नगर राँझा ब्यारेकबाट सुबेदार थानेश्वर पोखरेलको नेतृत्वमा घटनास्थल पुगेको टोलीले बम निष्कृय पारेको थियो ।

सो टोलीले बिहान ११ः४ मिनेटमा विष्फोट गराई बम निष्कृय पारेको हो । खजुराको बजारमा नै बम राखेपछि स्थानीय बिहानैदेखि त्रसित बनेका थिए ।

बम डिस्पोज गरेसंगै बिहानैदेखि अबरुद्ध भएको नेपालगञ्ज गुलरिया सडक सुचारु भएको छ । घटनाको अनुसंधान सुरु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार १७:१२