सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्र सुदूरपश्चिमको अध्यक्षमा चौधरी विजयी

कैलाली । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी ‘उत्सव’ विजयी हुनुभएको छ ।

सुदूरपश्चिम सरकारका पर्यटन मन्त्रीसमेत रहनुभएका मानबहादुर धामीलाई पराजित गर्दै चौधरी विजयी हुनुभएको हाे । प्रदेश सम्मेलन उद्घाटन भएको झण्डै ३ महिनापछि सोमबार निर्वाचन प्रणाली मार्फत माओवादी सुदूरपश्चिमले अध्यक्ष पाएको हो ।

प्रदेश निर्वाचन समितिका अनुसार खसेका २ सय १० मतमध्ये चौधरी १ सय १४ मत प्राप्त गरेर विजयी हुनभएको हो । त्यस्तै, धामीले ९३ मत प्राप्त गर्दै पराजित हुनुभएको हो ।

त्यस्तै अन्य ८ जना पदाधिकारीको पनि टुंगो लगाएको छ। प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल (अछाम ), मानसिंह माल (डडेल्धुरा) र रणबहादुर कुँवर (बैतडी) विजयी भएका छन् ।

त्यस्तै,सचिवमा जनक बुढा (बझाङ), सह सचिवमा नन्दबहादुर साउद राजेन्द्र (कैलाली),रामबहादुर देवकर (कंचनपुर) र अन्जिता श्रेष्ठ (डोटी) तथा कोषाध्यक्षमा कमल कुमारी शाह (बाजुरा ) विजयी भएका छन्।

निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मंसिरमा अध्यक्ष पदका आकांक्षीहरू धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २ सय २३ जना सदस्य मात्रै छनोट गरेको हो ।

सोमबार निर्वाचनमार्फत पदाधिकारी टुंगो लगाइएकोछ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार ११:३२