काठमाडौं । रुस र युक्रेनको युद्धको कारणले सुनको मूल्यमा उतारचढाव आएको छ । गत साता प्रतितोला एक लाख नजिक पुगेको सुनको मूल्य पुन: ओरालो लागेको हो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन तोलामा एक हजार ४ सय रुपैयाँले मूल्य बढेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ ।
गत शुक्रबार प्रतितोला सुनको मूल्य ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
३ दिनको अवधिमा सुनको मूल्य तोलामा २ हजार ४ सय रुपैयाँ घटेको महासंघले जानकारी दिएको छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
।