सूचनाको शक्ति - The Power Of Information

        

माओवादी संसदीय दलको बैठक : ११ बुँदे व्याख्यात्मक घोषणा तयार

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले एमसिसीका बारेमा ११ बुँदे व्याख्यात्मक घोषणा तयार गरेको छ।

संघीय संसद भवनामा जारी संसदीय दलको बैठकमा एमसिसीको सम्बन्धमा ११ बुँदे व्याख्यात्मक घोषणा तयार गरेका हुन्। उक्त घोषणालाई माओवादी संसदीय दलका नेता देव गुरुङले सांसदहरुलाई पढेर सुनाएका छन्।

उपस्थित सांसदहरुलाई पनि उक्त घोषणाको प्रतिलिपि दिइएको छ।  घोषणामा विवादित बुँदाहरुलाई परिमार्जन गरी व्याख्या गरिएको छ।

विशेषगरी नेपालको कानून र एमसिसीको कानून बाझिदा एमसिसीको कानून लागू हुने भन्ने बुँदालाई माओवादी केन्द्रले परिमार्जन गरी त्यस्तो बेला नेपालको कानून माथि हुने भनि व्याख्या गरेको छ।

त्यसैगरी कोषको लेखा प्रतिवेदन नेपाल सरकारको महालेखा परिक्षकको कार्यालयले बनाउने उल्लेख गरिएको छ।

संसदीय दलको बैठकअघि बालुवाटारमा भएको गठबन्धनको बैठकले एमसिसी लाई व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो ।

सोही निर्णयबमोजिम एमसिसीका बारेमा माओवादी केन्द्रले व्याख्यात्मक घोषणा तयार गरेको हो। उक्त घोृषणालाई आजै बस्ने मन्त्रिपरिषद्को बैठकले पारित गर्नेछ र पारित घोषणालाई प्रतिनिधि सभामा प्रस्ताव पेस गरिनेछ।

प्रतिनिधि सभाबाट सम्झौतासँगै व्याख्यात्मक घोषणा पनि पारित हुने छ। प्रतिनिधि सभा, नियमावली २०७५ को परिच्छेद १३ को नियम ८३ ९१० ९ग० को अधिनमा रही सार्वजनिक महत्त्वको विषयमा संकल्प प्रस्तावसहित उक्त घोषणा पेस  गरिनेछ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार १४:४०