सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद्को बैठक बस्ने तयारी

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि ११ बुँदामा व्याख्यात्मक घोषणा गरिने भएपछि मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको छ ।

एक मन्त्रीले दिएको जानकारीअनुसार अहिले मन्त्रिपरिषद्को बैठक बस्ने तयारी भइरहेको हो । मन्त्रिपरिषद्को निर्णयबाट ११ बुँदामा व्याख्यात्मक टिप्पणी समावेश गरिएपछि सैद्धान्तिक छलफलका लागि प्रतिनिधिसभा बैठकमा सम्झौता प्रस्तुत गर्ने तयारी भएको ती मन्त्रीले जानकारी दिए ।

“अहिले मन्त्रिपरिषद् बस्ने कुरा भइरहेको छ । व्याख्यात्मक घोषणा थप गर्ने गठबन्धनले निर्णय गरेपछि सो कुरा समावेश गरेर संसद्मा प्रस्तुत गर्ने विषयमा कुराकानी भइरहेको छ,” ती मन्त्रीले भने ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार १४:३५