सूचनाको शक्ति - The Power Of Information

        

खगेन्द्रको ‘पानीफोटो’ आगामी भदौमा रिलिज हुने

काठमाडौं ।  अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशन रहेको फिल्म ‘पानीफोटो’ नयाँ बर्षको भदौमा रिलिज हुने भएको छ । निर्माण युनिटले वितरणसँगको छलफलबाट १० भदौ २०७९ फिल्म रिलिज मिति तय भएका जनाएको छ ।

‘टलकजंग भर्सेस टुल्के’ मार्फत फिल्म अभिनयमा भित्रिएका खगेन्द्रले ‘पशुपति प्रसाद’, ‘धनपति’ हुँदै ‘डमरुको डन्डीबियो’ आफुलाई भर्सटायल अभिनेताको रुपमा परिचित गराएका छन् ।

निर्देशक खगेन्द्रले आफु लिखित नाटक ‘पानीफोटो’ लाई  फिल्मको रुपमा ढालेका हुन् । फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशकअगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथा छ ।

फिल्ममा खगेन्द्रसँगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय छ ।

फिल्मको छायाङ्कन काठमाडौँसँगै बर्दिया, रोल्पा र स्याङ्जामा गरिएको हो । दीपक बज्राचार्यको छायाङ्कन रहेको फिल्ममा निमेष श्रेष्ठसँगै अर्जुन कार्कीको सम्पादन छ ।

फिल्म रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार १४:१८