सूचनाको शक्ति - The Power Of Information

पल शाहलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौं । अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैं पुगेपछि अभिनेता शाहलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

शाहले बिहानमात्रै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका थिए ।

नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि फरार रहँदै आएका थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार १३:४२