सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी सामु उपस्थित हुँदै ‘पल शाह’

काठमाडौ । अभिनेता पल शाह आज प्रहरी सामु उपस्थित हुने भएका छन् । एक नाबालिगमाथि बलात्कार आरोप लागेपछि उनी ‘फरार’ थिए । गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा पलविरुद्ध जाहेरी परेको थियो ।

त्यही दिनदेखि प्रहरीले उनलाई पक्रन खोजिरहेको भए पनि उनी फेला परेका थिएनन् । सामाजिक सञ्जालमा आइतबार एक स्टाटस लेख्दै उनले आज प्रहरीसामु उपस्थित हुने जनाएका हुन् ।

उनले लेखेका छन्, ‘मेरो आफ्नो स्वास्थ्यस्थिती बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु २’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु । नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरीसामु म आफैं उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार ११:४६