सूचनाको शक्ति - The Power Of Information

        

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

बझाङ । बझाङको बुंगल नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । से १ च १४४१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा बुङ्गल नगरपालिका–३ का ३८ वर्षिय चालक जयबहादुर बोहराको मृत्यु भएको हो ।

दुर्घटनामा सोही ठाउँका ३९ वर्षिय हर्कबहादुर बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए । घर निर्माणको लागि काठ बोकेर शनिबार बेलुका खोल्लेक जानेक्रममा बुङ्गल नगरपालिका–३ स्थित बुङ्गल रनलेक सडक खण्डको जुमेपानीमा ट्याक्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते बोहराको देउलेक प्राथमिक स्वस्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै घाइते हर्कबहादुर बोहराको जिल्ला अस्पताल डडेल्धुरामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार ११:२८