सूचनाको शक्ति - The Power Of Information

        

साताका सात तस्वीर

हिउँले ढपक्क भरिएको स्कुलबाट घर फर्किदै नाम्चे बजार क्षेत्रका विद्यार्थी । हिउँकै कारण विद्यालय पुग्न नसक्दा चिसो मौसममा पठनपाठन प्रभावित हुने गरेको छ । सोलुखुम्बु जिल्ला नाम्चे बजारको श्री हिमालय आधारभूत विद्यालयबाट घर फर्किदै विद्यार्थी । यो विद्यालय तीन हजार ४४० मिटरको उचाइमा रहेको छ । तस्वीर : सागर बस्नेत

भक्तपुरको बोडेबाट देखिएको तरकारी खेतीको दृश्य । भक्तपुरको बोडेमा उपत्यकाका लागि धेरै तरकारी खेती हुँदै आएको छ । तस्वीर : कविता थापा

आइतबारको प्रतिनिधिसभा बैठकमा अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) टेबल भएपछि भएको प्रदर्शनमा प्रहरीलाई ढुंगा प्रहार गर्दै एक प्रदर्शनकारी । एमसीसी संसदमा टेबल हुँदै गर्दा नयाँ बानेश्वर र बिजुलीबजार क्षेत्र तनावग्रस्त बनेको थियो । तस्वीर : सुजन गुरुङ

राजधानीको नयाँ बानेश्वरमा थुप्रिएको फोहोर । ल्याण्डफिल्ड साइटका स्थानीयले विरोध गरेपछि लामो समयदेखि उपत्यकामा फोहोर उठ्न सकेको छैन । तस्वीर : सुजन गुरुङ

एमसीसीको विरोधमा बिहीबार नयाँ बानेश्वर क्षेत्रमा भएको आन्दोलनमा प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि प्रहार गरेका ढुंगा । तस्वीर : केशब गुरुङ

कपिलवस्तुको शिवराज नगरपालिका– ६ मा फाइवस्टार इँट्टा उद्योगमा इँट्टा बनाउँदै बालक । जिल्लाका केही इँट्टा उद्योगमा बालबालिकाले काम गरिरहेका छन् । तस्वीर : माधव बेल्वासे/रासस

रुसले युक्रेनमा आक्रमण गरेपछि देश छोड्न खार्किभको मेट्रो स्टेशनमा पुगेका सर्वसाधारण । तस्वीर : बीबीसी

नयाँ बानेश्वर क्षेत्रमा पोलेको मकैको व्यापार । तस्वीर : केशब गुरुङ

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार ०७:३६