सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

संसद बैठक आज बस्दै, एमसीसीमाथि छलफल हुने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।

शनिबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ ।

प्रतिनिधिसभाको दशौँ अधिवेशनको सातौँ बैठक आइतबार दिउँसो १ बजे बस्ने तय छ । यसअघि लगातार दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको बैठक आज बस्न लागेको हो ।

गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो । त्यसयता दलका शीर्ष नेताहरु एमसीसीमा सहमति जुटाउन निरन्तर छलफलमा जुटेका छन् । यद्यपि, हालसम्म सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७८, आइतवार ०७:१७