सूचनाको शक्ति - The Power Of Information

        

विधानसभाको निर्वाचन

नेपाल-भारत जमुनाह नाका आजदेखि ६० घण्टा पूर्णरुपमा बन्द

पैदल यात्रु आवतजावतमा पूर्ण रोक

बाँके । नेपालगञ्जको नेपाल–भारत सीमा जमुनाह नाका आज साँझदेखि ६० घण्टाका लागि पूर्णरूपमा बन्द हुने भएको छ ।

भारतको बहराइचलगायतका सीमावर्ती जिल्लामा फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले जमुनाहा नाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँके प्रहरीले जनाएको छ ।

दुवै देशका सीमा सुरक्षा पदाधिकारीबीच भएको सहमति बमोजिम निर्वाचनलाई हेरेर सिमानामा ६० घण्टासम्म सवारी साधन र पैदल यात्रु आवतजावतमा पूर्ण रोक लगाइएको हो ।

आज बेलुकी ६ बजेदेखि फागुन १६ गते सोमबार बिहान ६ बजेसम्मका लागि सीमानाका पूर्णरूपमा बन्द गरिने बताइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार १०:०९