सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

संसद बैठक आज बस्दै, एमसीसीमाथि छलफल गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुने भएको छ ।

बिहीबार संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा ‘एमसीसीमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस हुने उल्लेख छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्ने तय छ ।

बिहीबारका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आजका लागि सारिएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ । गएको आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरिएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७८, शुक्रबार ०८:००