सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा ७ संक्रमित थपिए, ७ डिस्चार्ज

बाँके ।  बाँकेमा बिहीवार थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणमा ६ र एन्टिजेन परीक्षणमा एकजना गरी ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ४ र बागेश्वरी ल्यावमा २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

यस्तै जमुनाहा नाकामा ३१७ जनाको एन्टिजेन परीक्षण गर्दा एकजनामा भाइरस संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९२३ पुगेको छ ।

यस्तै थप ७ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५५२ पुगेको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १८:४१