सूचनाको शक्ति - The Power Of Information

        

चन्दननाथ गण मालिका ब्यारेक जाजरकोट विजयी

बाँके । भैरवप्रसाद गण, नेपालगञ्जले आयोजना गरेको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगितामा बिहीवार चन्दननाथ गण, मालिका ब्यारेक जाजरकोट विजयी भएको छ । चन्दननाथले भवानी दल गण, तेघरी ब्यारेक कैलालीलाई ४–१ गोलले पराजित गरेको हो ।

खेल शुरु भएको ४ मिनेटमै उमेश महतोको गोलले चन्दननाथ गणले अग्रता लिएको थियो । चन्दननाथका ईश्वर चौधरीले २५ र २७ मिनेटमा दुई गोल र चित्रबहादुर मिजारले ८१ मिनेटमा एक गोल गरेका थिए । प्रकाश श्रेष्ठले ७० मिनेटमा भवानी दल गणका लागि एक गोल गरेका थिए ।

कमाण्ड सेनापति ट्रफीका चार वटा विजेता टीम प्रधानसेनापति ट्रफीका लागि छनौट हुनेछन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अबको दुई वर्षमा रंगशाला निर्माण सम्पन्न हुने भएको छ । तीन महिना अघिबाट जमिन सम्याउने काम भइरहेको छ ।

अबको तीन महिनाभित्र भवन तथा अन्य संरचनाको डिजाइन बनाइ सकिने र त्यसपछि कामले गति लिने बताइएको छ । एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार रुपैयाँ लगानीमा प्रदेश गौरवको आयोजनाको रुपमा रंगशाला निर्माणको तयारी थालिएको हो ।

रंगशाला प्रदेश सरकारको लगानीमा बन्न लागेको हो । रंगशाला निर्माणको जिम्मा कम्पनी एमएसीरजिएसएल जोइन्ट भेन्चुर कान्तिपथ काठमाडौंले लिएको छ ।

हाल निर्माण सुरु भएको रंगशाला इपिसी डिजाइन एण्ड बिल्डअनुसार सम्झौता भएको रंगशालाको निर्माण फिफा स्ट्याण्डर्डमा हुने कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले जानकारी दिए ।

दश हजार दर्शक अट्ने क्षमताको प्याराफिटसहितको रंगशाला निर्माण हुनेछ । उहाँका अनुसार टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि निर्माण हुनेछ ।

यसभित्र एक हजार ५०० दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबललगायतका खेल खेल्न मिल्ने छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार १८:३७