सूचनाको शक्ति - The Power Of Information

        

नेपाल सुनचाँदी व्यवसायी महासंघ

एकैदिन २५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

चाँदीको मूल्य पनि आज ३५ रुपैयाँ बढ्यो

काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज ३५ रुपैयाँले बढेर १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७८, बिहीबार ११:२०