सूचनाको शक्ति - The Power Of Information

        

३ सय १२ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

काठमाडौं । देशभर थप ३ सय १२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कुल ८ हजार ६ सय ९३ जनामा परीक्षण गर्दा ३ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ सय ११ जना निको भएका छन् ।

कोरोनाकै कारण एक दिनमा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।

९ हजार ७ सय ६३ होम आइसोलेसन र ३ सय २७ जना संस्थागत आइसोलेसनमा छन् ।

यसमध्ये १ सय ५ जनाको आइसियु र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७८, बुधबार १८:२३